arin enterprises

अब क्रोममा १५ मिनेटसम्मको हिस्ट्री डिलिट गर्न मिल्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २९, सोमबार

अब गुगल क्रोममा १५ मिनेटसम्मको हिस्ट्री डिलिट गर्न मिल्ने भएको छ । गुगलले आफ्नो क्रोम डिलिट हिस्ट्री टुल अपडेट गरेको जानकारी दिएको हो ।

हाल क्रोममा आफूले गरेका गतिविधिहरूलाई विभिन्न समयका आधारमा डिलिट गर्न सकिन्छ ।

जसअनुसार एक घण्टा, २४ घण्टा, सात दिन, चार हप्ता वा सबै समय भनेर विकल्प दिइएको छ । अब भने १५ मिनेटसम्मको ब्राउजिङ हिस्ट्री, साइट डेटा र रिसेन्ट ट्याब डिलिट गर्न सकिन्छ ।

यस नयाँ सुविधालाई एन्ड्रोइड प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउनेछन् ।

यो फिचर प्रयोग गर्न क्रोमको माथि दायाँपट्टि थ्री डटमा ट्याप गरी क्लियर ब्राउजिङ डेटामा सेलेक्ट गर्नुपर्छ । 

Categorized in विज्ञान-प्रविधी