arin enterprises

माझी चलचित्रकर्मीको नेतृत्वमा होमकुमारी

SamacharDesk – बिराज | २०७८ पौष १८, आइतबार

माझी चलचित्रकर्मी संघमा होमकुमारी माझीले नेतृत्व गर्ने भएकी छन् । काठमाडौंमा सम्पन्न संघको प्रथम अधिवेशनले होमकुमारीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा विवश माझी चयन हुँदा महासचिवमा अमृता माझी र अनिल माझी सचिवमा चुनिएका छन् । त्यसैगरी कोषाध्यक्षको जिम्मेवारी कुमार माझीले पाएका छन् ।

सभाले सदस्यमा दिनेश माझी, सावित्रा माझी, गणेश माझी, सुन्जित माझी, गुञ्ज माझी, राजु माझीलाई चयन गरिएको छ । साथमा महेश माझी, मनोज माझी, पिवित्रा माझी, सन्तोष माझी, रुपा माझी, सजना माझी, दिलिप माझी पनि सदस्यमा चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष होमकुमारीले बोल्दै माझी चलचित्र क्षेत्रको उत्थान र विकासको लागि लागिपर्ने बताउनुभयो ।

‘देशका कला, संस्कृतिलाई विश्वभरी प्रचारप्रसार गर्ने एउटा सशक्त माध्यम चलचित्र हो तर, राज्यले हाम्रो चलचित्र क्षेत्रलाई हेर्न सकेको छैन’, अध्यक्ष माझीले भन्नुभयो, ‘मातृभाषी चलचित्र र चलचित्रकर्मीको आवाज राज्यसम्म पु¥याउन हामी कुनै कसर बाँकि राख्ने छैनौं ।’

अधिवेशनको उद्घाटन सत्रमा आदिवासी जनजाति चलचित्र महासंघका महासचिव पुर्खाजित राईले मातृभाषी चलचित्र क्षेत्रको उत्थानको लागि सम्पूर्ण आदिवासी जनजाति चलचित्रकर्मीहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

मातृभाषी चलचित्र क्षेत्रमा विद्यमान समस्या र चलचित्रकर्मीका पीडालाई लिएर आफुहरु निरन्तर लागिरहेको बताउँदै आफुहरुको माग सम्वोधन नगरेसम्म राज्यलाई घचघच्याइरहेन महासचिव राईले बताउनुभयो ।

कार्यक्रममा माझी चलचित्रकर्मीहरुको साथमा जनजाति सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो । 

Categorized in पेजथ्री