arin enterprises

पाटन क्वबहालको एक घरमा आगलागी

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ भाद्र ३, सोमबार

पाटन क्वबहालको एक घरमा आज विहान आगलागी भएको छ ।

ललितपुर महानगरपालिका–१६ क्वबहालमा अजरमान शाक्यको घरमा आगलागी भएको हो ।

आज करीब बिहान ९ बजे तिर उक्त घरमा आगलागी सुरू भएको थियो । तीन तल्ले घरमा माथिल्लो तलामा आगलागी भएको थियो ।

तीन वटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगो निभाउन ललितपुर महानगरपालिकाको नगर प्रहरीको टोली खटिएको थियो । स्थानीयले दिएको जानकारी अनुसार उक्त घरमा कोही पनि बस्ने गरेका भने थिएनन् ।

घरको भुइँ तल्लामा औषधी पसलको साथमा खाजा पसल छ । आज जात्राको दिन मिठाइ आदि पकाउने काम भइरहँदा ग्याँस लिक हुँदा आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

Categorized in समाज