श्रीमतिको हत्या अभियोगमा श्रीमान पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष २५, शुक्रबार
गोरखा ।आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गोरखामा एक जना पुरुष पक्राउ परेका छन् ।
२१ वर्षीया अनुष्का परियारको हत्या गरेको अभियोगमा उनकै श्रीमान पालुङटार नगरपालिका–३ बोगटीगाउँ बस्ने शंकर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
शंकरले कुटपिट गर्दा अनुष्का गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले बताएको छ ।
कुटपिटबाट घाइते भएकी अनुष्कालाई आँपपिपल अस्पताल हर्मीमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा परियारको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध




