arin enterprises

“हेर्ने कथा”बाट चर्चित प्रकाश तामाङले छिट्टै नागरिकता पाउने

SamacharDesk | २०८१ भाद्र १२, बुधबार

‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान)ले नागरिकता पाउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।

सामाजिक सञ्जालमा हराएका वर्षहरुमार्पmत हेर्ने कथाले सार्वजनिक गरेको प्रकाश तामाङको कथा यतिबेला निकै चर्चामा छ । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका झापाका तामाङ काम खोज्ने क्रममा उत्तरी गोर्खाको चोम भ्यालीमा पुग्छन्।

भेडी गोठालाको रूपमा करिव ३५ वर्ष बेतलबी रूपमा काम गर‍ेका प्रकाश ‘हेर्ने कथा’को पात्रको रूपमा सार्वजनिक भएका थिए।

सोही क्रममा करिब ३५ वर्षपछि उनको परिवारसँग पुनर्मिलन हुन्छ। प्रकाशको वास्तविक जीवनको कथा सार्वजनिक भएसँगै उनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका थिए।

प्रकाशलाई तत्काल नागरिकता आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मङ्गलबार रातीनै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएको बुझिएको छ । 

प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग गर्ने विषयमा थप छलफल भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘शुभ बिहानी ११ हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन ।

पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो ।

नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राती १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उ

हाँले प्रकाशलाई दुईरचार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ ।

नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’’

Categorized in समाज