अवैध लागूऔषध गाँजा बरामद
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

पर्सा कालिकामाई गाउँपालिका २ झोलुङ्गे पुलस्थित सडकबाट करिब साढे ५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
भेडियाहीबाट बन्जारीतर्फ जाँदै गरेको बीआर २२ एम ४६६९ नम्बरको मोटरसाइकलमा लाँदै गरेको उक्त परिमाणको गाँजा प्रहरीले वरामद गरेको हो ।
प्रहरी चौकी सबैठवाबाट गस्तीमा खटिएको प्रहरीलाई देख्ने वित्तिकै मोटरसाइकलमा सवार मानिस मोटरसाइकल छाडेर फरार भएपछि प्रहरीले उक्त गाँजा प्रहरीले बरामद गरेको हो ।
हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध