arin enterprises

प्रतिक चिन्हमा समावेशिता र पहिचानको खोजी

SamacharDesk – अजित पुतुवार | २०८२ कार्तिक २३, आइतबार

विभिन्न ऐतिहासिक कालखण्डमा यहाँ नेपालमण्डलमा विकास भएका कतिपय संस्कृतिरसम्पदाले निरन्तरता पाएका छन् भने कतिपय लोप भईसकेको पाईन्छ ।

काठमाण्डौं (येँ) जिल्लाको पश्चिमतर्फ अवस्थित नागार्जुन नगरपालिका ऐतिहासिक एवं साँस्कृतिक दृष्टिकोणमा ज्यादै महत्वपूर्ण स्थान हो । नागार्जुन पर्वतको शिखर भाग जामाच्व हिन्दु र बौद्ध दुबै धर्मको लागि पवित्र भूमी एवं आस्थाको केन्द्र हो । जामाच्वमा बौद्ध आचार्य नागार्जुन आई तपस्या गरेपछी यस स्थानलाई नागार्जुन भनिएको जनश्रुती रही आएको छ ।

नागार्जुन नेपाल उपत्यकामा मानव विकास हुनु अघि देखि नै मानव बस्ती रहेको हुंदा ऐतिहासिक एवं साँस्कृतिक रुपमा यस स्थानलाई महत्वपूर्ण मानिन्छ । विपश्र्वी बुद्धले तपस्या गरेको यस पवित्र स्थानलाई बौद्धमार्गीहरुले ‘जात मात्रो च्व’ भनियो र कालन्तरमा ‘जामाच्व’ भनियो । जामाच्व नै अपभ्रंश भई ‘जामाचो’ शब्द प्रयोग हुंदै आएको छ ।

यहाँ च्व भन्नाले नेपाल भाषामा पर्वतको शिखर भागरटुप्पो भन्ने बुझिन्छ । काठमाण्डौं उपत्यकामा प्रचलित पुरानो नामहरुलाई नगरपालिकाहरुले नेपाल भाषामा पनि प्रयोग गर्दै आएका छन् जस्तै काठमाण्डौं (येँ), पाटन (यल), कीर्तिपुर (किपू), भक्तपुर (ख्वप) भने झैं नागार्जुन पहाडको नेवाः एवं बौद्ध सभ्यताको साझा नाम नागार्जुन (जामाच्व) नाम नै सर्वस्वीकार्य हुनेमा दुईमत छैन ।

नेपालको संविधान २०७२ प्रस्तावनाको मूल भावना एवं धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक विशेषतायुक्त सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी उल्लेख भएको छ । तापनि नागार्जुन नगरपालिकाले संविधानको मूल मर्म विपरीत सरोकारवाला निकायहरुसंग राय सुझाव, समन्वय एवं छलफल समेत नगरी स्टेशनरी सामान खरिद गरे झैंं मिति २०८२।०१।२७ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित गरी आफूखुसी मिति २०८२।०३।१० गते नागार्जुन नगरपालिकाको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ ।

नागार्जुन नगरपालिकाका नेवाः समुदायको प्रतिनिधीत्व रहने गरी कुनै चिन्ह उक्त लोगोमा राखिएको छैन र लोगो जस्तो संवेदनशिल कुरालाई समेत नागार्जुन नगरपालिकाले लापरवाहीपूर्वक र बलपूर्वक जनतामाझ प्रस्तुत गरेको छ ।

नेपालमण्डलका कीर्तिपुर, गोदावरी, भक्तपुर, टोखा नगरपालिकाहरुले आफ्नो लोगोमा नेपाल सभ्यता झल्कीने गरी लोगोको माथिल्लो भागमा खस (नेपाली) भाषामा नगरपालिकाको नाम र तल्लो भागमा नेपाल भाषा रञ्जना लिपि प्रयोग गरिएको पाइन्छ ।

यसरी नगरपालिकाको नामहरु राखी जनभावना र स्थानीय जिवन्त संस्कृति झल्कने गरी लोगो तयार गरेको देखिन्छ । यस्ता उदाहरणीय निर्णयहरुको अनुसरण नागार्जुन नगरपालिकाले पनि गर्नु पर्दछ ।

नागार्जुनको ईतिहास एवं जिवन्त संस्कृति झल्कने गरी आफ्नो प्रतिक चिन्हमा कम्तीमा होल्च्व आकाश भैरव, लाखे र दलूचा (मन्दिररघरको झ्याल अगाडी झुण्डाईने परम्परागत नेवाः दियो) मध्ये कुनै एक चिन्ह समावेश गरी नेपाली भाषा र नेपाल भाषा दुबै समावेश गरी जारी हुने नगरपालिकाको संशोधित प्रतिक चिन्ह मात्र सर्वस्वीकार्य समावेशी हुन सक्दछ ।

समता र समावेशिताको मूल मर्म बमोजिम निर्माण भएको संविधान, पहिचान र सामथ्र्यको आधारमा निर्माण भएको प्रदेश संरचनाको महत्वपूर्ण विषयलाई नगरपालिकाबाट नजर अन्दाज गर्ने प्रयास हुँदैछ ।

स्थानीय सरकार भनेको जनताको नजिकको सरकार र आफैले प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित जन प्रतिनिधी हो । संविधानमा उनीहरुलाई जनताको सेवक रुपमा रहने मूल मर्म रहेको सन्दर्भमा नागार्जुन नगरपालिकाको जन प्रतिनिधीहरुले संविधानको मर्म विपरीत भए गरेका कार्यमा हामी भुई मान्छेको समर्थन रहँदैन ।

नागार्जुन नगरपालिकाद्वारा हाल प्रयोगमा ल्याइएको प्रतिक चिन्ह (लोगो) मा नागार्जुन पर्वत (जामाच्व), जामाच्व स्तुपा, सूर्य, ईचङ्गु नारायण मन्दिर, परेवा लगायत अन्य पन्छि, मृग, पर्यटक, पक्की सडक, नेपालको झण्डा तथा नक्शा, धानको बाला र लाली गुँरास अंकित गरिएको छ । हुँदै नभएको पर्यटक अट्ने तर आदिमकालदेखि यो भूमीमा बसी यहाँको संस्कृति रक्षा गर्ने  जिवन्त नेवाः सभ्यता झल्काउने कुनै चिन्ह नअट्नु लापरवाहीको पराकाष्ठा एवं जन प्रतिनिधीको स्वेच्छाचारी प्रबृत्ती हो ।

दिर्घकालसम्म प्रयोगमा आउने प्रतिक चिन्ह मस्यौदाको अन्तिम निर्णय गर्नु अघि नागार्जुन नगरपालिकाका जन प्रतिनिधीहरुले सरोकारवालाहरुसंग बहस, छलफल एवं अन्तरक्रिया गर्नु अनिवार्य हुनु पर्नेमा आफुखुसी सार्वजनिक लोगोमा हाम्रो बिमत्ती रहँदै आएको छ ।

नागार्जुन नगरपालिकामा हरेक आर्थिक वर्षहरुमा नयाँ नयाँ दीर्घकालिन लक्ष्य तय हुँदै आएको देखिन्छ । भर्खरै जारी लोगोमा समेत नारा अंकित हुनु तर स्थानीय भाषा संस्कृति अंकित नहुनु आफैमा दुर्भाग्यपूर्ण अवस्था हो ।

नगरपालिकाको नयाँ नारामा सुशासन र मानव विकास थपिएको छ तर एउटा प्रतिक चिन्ह (लोगो) समावेश बनाउन नसक्ने, मानव विकास, स्थानीय नेवाः सभ्यतालाई सम्मान गर्न नसक्ने नगरपालिकाले कसरी सुशासन कायम गर्न सक्ला ? यो एउटा भुँई मान्छेको प्रश्न हो ।

अरु त अरु, नागार्जुन नगरपालिकाले हाल प्रयोगमा ल्याएको एउटै लेटरहेडको लोगोमा एउटा नारा लेखिनु अनि Footer मा अर्को नारा लेखिनुले पनि नगरपालिकाको लापरवाही प्रष्ट देखिन्छ

प्रतिक चिन्ह (लोगो) लामो समय प्रयोगमा रहने हुँदा नारा बारम्बार हाल परिवर्तन भए झैं परिवर्तन हुँदै जान्छ । तसर्थ नागार्जुन नगरपालिकाले प्रतिक चिन्हमा राखिएको संशोधित नयाँ नारालाई हटाउँदै लोगोको गोल घेराको माथिल्लो भागमा खस (नेपाली) भाषा र देवनागरी लिपिमा ‘नागार्जुन नगरपालिका’ र तल्लो भागमा नेपाल भाषा र रञ्जना लिपीमा ‘नागार्जुन नगरपालिका’ वा ‘जामाच्व नगरपालिका’ लेख्नु पर्दछ ।

नगरपालिकाको नारा लेटर हेडको उपयुक्त स्थान (Footer) मा राख्दै आएको छ । त्यसलाई फेरी लोगोमा समेत अंकित गर्नु अनिवार्य हुँदैन । अरु त अरु, नागार्जुन नगरपालिकाले हाल प्रयोगमा ल्याएको एउटै लेटरहेडको लोगोमा एउटा नारा लेखिनु अनि Footer मा अर्को नारा लेखिनुले पनि नगरपालिकाको लापरवाही प्रष्ट देखिन्छ । 

अन्त्यमा जनभावना बमोजिम कार्य सम्पादन हुनु नै स्थानीय सरकारको अनुभूती हुनु हो । जन प्रतिनिधीमा दम्भ रह्यो भने भर्खरै भइरहेको समावेशिताको अभ्यास माथि घात हुनेछ र हाल प्रदेशको अस्तित्त्व माथी उठेका प्रश्नहरु स्थानीय सरकार माथि पनि उठ्न सक्छ ।

जनभावना अनुसार समावेशी सबैको पहिचान झल्कने नयाँ लोगो निर्माणमा पहलकदमी लिनु पर्छ । आशा गरौं नागार्जुन नगरपालिकाले छिमेकी नगरपालिकाको सकारात्मक जनपक्षीय निर्णयको अनुशरण गरी नेपाल भाषार रञ्जना लिपी र नागार्जुनको ऐतिहासिक एवं साँस्कृतिक (नेवाः सभ्यता) पक्ष समेत समेटिने गरी नगरपालिकाको प्रतिक चिन्ह (लोगो) संशोधन गर्नु आजको आवश्यकता हो ।

नेवाः देय् दबू नागार्जुन नगर समिति परिवार र सरोकारवाला निकायहरु अहिले शान्त बसे झैं जन प्रतिनिधी र नगर प्रशासनको गलत रवैया सधैं सह्य हुन सक्दैन ।

विगतमा संघिय सरकारले भष्ट्रचारीलाई आश्रय दिँदा भर्खरै अवतरण भएको GEN-Z आन्दोलनबाट अपूरणीय क्षति भएको छ । यस्तो भएमा हुन सक्ने संभावित परिणामको जिम्मेवारी कार्यवाहक नगर प्रमुख र नगर प्रशासन नै हुनु  पर्नेछ ।

मुख्यत बारम्बार संस्कृति तथा भाषा संरक्षण एवं प्रर्वद्धन गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउँदा समेत लापरवाही गर्नु जनभावना विपरीत छ । हामी स्थानीय सरकाररजनप्रतिनिधीबाट सुशासन र कानुन कार्यान्वयनको अपेक्षा गर्दछौं ।

हालसम्म हाम्रो कार्यक्रममा निरन्तर साथ सहयोग गर्नु हुने नेवाः देय् दबूका सदस्यहरु, गुथिहरु, समाजसेवी एवं सरोकारवाला सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा नेवाः सभ्यता संरक्षणमा अझ एकताबद्ध र सशक्त हुन आग्रह गर्दछु ।

विभिन्न बहानामा नेवाः सभ्यतामाथि हुने प्रहारको प्रतिकार गरिनेछ । औपचारिकरअनौपचारिक भेटघाट वार्ता, छलफलबाट समस्या समाधान गर्न दबू प्रयासरत रहेको छ । हामी लोकतान्त्रिक मूल्य  मान्यतामा  ‘जनताद्वारा जनताको लागि शासन’ को अवधारणा कार्यान्वयनको अपेक्षामा छौं ।

यहाँ जन प्रतिनिधीले शासकको रुपमा दम्भ होइन, जनताको सेवकको रुपमा कार्य गर्ने वहाँहरुको आफ्नै प्रतिबद्धतालाई पुनः स्मरण गर्न आग्रह गर्दछु ।

नागार्जुन नगरपालिकाको प्रतिक चिन्ह (लोगो) नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेखित पहिचान र समावेशीताको भावना विपरीत भएको हुँदा यसलाई जनभावना बमोजिम संशोधनको लागि आग्रह गर्दैछु

जनप्रतिनिधीहरुलाई नेपालको संविधान २०७२ को अनुसुची ८ मा भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अधिकार स्थानीय सरकारलाई दिएको छ ।

यसको अनुभूति नागार्जुन नगरपालिकाको जनप्रतिनिधीहरुबाट कहिले गर्न सकिन्छरसकिँदैन त्यसमा विचार विमर्श गर्दै गरौंला ।

नागार्जुन नगरपालिकाको प्रतिक चिन्ह (लोगो) नेपालको संविधान २०७२ को प्रस्तावनामा उल्लेखित पहिचान र समावेशीताको भावना विपरीत भएको हुँदा यसलाई जनभावना बमोजिम संशोधनको लागि आग्रह गर्दैछु ।

साथै, जन भावना बमोजिम संशोधन नहुँदासम्म हाम्रो असहमति निरन्तर रहीरहने र त्यसलाई संशोधन नगराउँदासम्म मेरो कलमह नरोकिने कुरा शुभेच्छुक एवम् जन प्रतिनिधीहरुलाई जानकारी गराउँदछु ।

*लेखक नेवाः देय् दबू नागार्जुन नगर समितिका अध्यक्ष हुनु हुन्छ

Categorized in विचार