सत्ता समीकरणको सकारात्मक असर सेयर बजारमा
SamacharDesk | २०८१ आषाढ १९, मंगलबार

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएको सकारात्मक असरसेयर बजारमा परेको छ ।
मंगलबार सेयर कारोबार सुरु भएको २ मिनेट नपुग्दै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
२० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशत वृद्धि भई ५ प्रतिशतले बढेपछि ११ : २१ मा दोस्रो सर्किट ब्रेक लाग्न पुग्यो । दोस्रो सर्किट ब्रेक लागेपछि नेप्से परिसूचक २१६२ अंकमा पुगेको थियो ।
जुन अघिल्लो दिनको तुलनामा १०२ अंक बढी थियो । त्यसपछि ४० मिनेटका लागि कारोबार बन्द भयो । ४० मिनेटपछि १२ : ०१ मा खुल्ने बजारमा तेस्रो सर्किट ब्रेक लाग्ने धेरैको अनुमान थियो ।
तर एकाएक बिक्री चाप बढेपछि २१६२ अंकमा पुगेको बजार ओर्लिन थाल्यो । १२ : १० बजे नै बजार २०८७ अंकमा झर्यो ।
सर्किट ब्रेककाबीच आजको शेयर बजारमा २१३ कम्पनीहरुको मूल्यमा वृद्धि भयो भने ३० वटा कम्पनीहरुको मूल्यमा घटेको छ ।
आज हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा बढी ६.४५ प्रतिशले वृद्धि भयो भने हुर्जाको ६.१४ प्रतिशतले घटेको छ ।
Categorized in बिजनेस