arin enterprises

भारतमा विधानसभाको चुनाव

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

भारतमा आजदेखि विधानसभाको चुनाव शुरु भएको छ ।

कूल ३२ वटा राज्यमध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको चुनाव शुरु भएको छ ।

सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सीटका लागि मतदान शुरु भएको हो । सवा दुई करोड भन्दा बढी मतदाता रहेको उत्तरप्रदेशमा ११ जिल्लाका निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

मतदानका लागि करीब २६ हजार मतदान बुथ तोकिएका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मार्च ७ तारिखमा सम्पन्न हुने उत्तर प्रदेश विधान सभा निर्वाचनको परिणाम मार्च १० ताखिर सार्वजनिक हुने बताइएको छ ।

यसपटक पनि भारतीय जनता पार्टीले नै बहुमत ल्याउने मत सर्वेक्षणहरुले देखाएका छन् । यद्यपि अखिलेश यादवको समाजवादी पार्टीले पहिले भन्दा सीट संख्या बढाउने पनि सर्वेक्षणहरुको प्रक्षेपण छ ।

भाजपाले वर्तमान मूख्यमन्त्री योगी आदित्यनाथलाई नै मूख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

Categorized in अन्तर्राष्ट्रिय