arin enterprises

भारतमा आज राष्ट्रपति चुनाव

SamacharDesk | २०७९ श्रावण २, सोमबार

भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।

१५ औं राष्ट्रपति चयनका लागि हुन लागेको चुनावमा सत्तारुढ भातरीय जनता पार्टीकी उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी उम्मेदवार यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुदैछ ।

हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो।

निर्वाचनका लागि लोकसभा, राज्यसभा र प्रदेशसभाका ४ हजार ८ सय प्रतिनिधिले मतदान गर्ने छन् । भाजपाले उम्मेदवार बनाएकी मुर्मु राष्ट्रपति पदका लागि पहिलो आदिबासी हुनुहुन्छ ।

उहाँलाई २७ दलको समर्थन रहेको छ । यसैगरी विपक्षी उम्मेदवार सिन्हालाई १४ वटा दलको समर्थन रहेको छ । विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने छ ।

आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

२५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।

Categorized in अन्तर्राष्ट्रिय