भारतद्वारा स्याटलाइटसहितको रकेट प्रक्षेपण
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १२, आइतबार

भारतीय अन्तरीक्ष संस्था इसरोले स्याटलाइटसहितको एलभीएभ थ्री रकेट प्रक्षेपण गरेको छ ।
इसरोले ३६ वटा स्याटलाइटसहितको रकेट प्रक्षेपण गरेको हो । आइतबार बिहान आन्द्र प्रदेशको श्रीहरिकोटस्थित केन्द्रबाट रकेट प्रक्षेपण गरेका थिए ।
यो स्याटलाइटको वजन ६ सय ४३ टन रहेको छ भने लम्बाई साढे ४३ मिटर रहेको छ । इस्रोले प्रक्षेपण गरेका रकेट मध्ये यो अहिलेसम्मकै भारी रकेट हो ।
उक्त रकेटले बोकेका ३६ वटा वानवेब स्याटलाइट विश्व सञ्चार सम्पर्कका लागि महत्वपूर्ण हुने मानिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय