arin enterprises

राजधानीमा खुल्यो INGCO POWER TOOLS को नयाँ शोरुम

SamacharDesk – बिकाश | २०७७ कार्तिक ६, बिहिबार

राजधानीको टेकु रोडमा इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरुको शोरुम संचालनमा आएको छ । हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको संयुक्त सहकार्यमा शोरुम सञ्चालनमा आएको हो । 

एक कार्यक्रमका बीच काठमाडौ महानगरपालिका वडा नं १२ का वडाअध्यक्ष विकास डंगोलले शोरुमको सुभारम्भ गर्नुभएको हो ।

नयाँ शोरुमको सञ्चालनसंगै नेपालमा पहिलो पटक इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरु एउटै छानामुनि पाउने अवसर प्राप्त भएको हाम्रो निर्माण सेवाको विक्रि शाखाका अधिकृत रवि विष्टले बताए ।

सामग्री खरिदका लागि अनलाइन सेवा समेत सञ्चालनमा ल्याईएको जानकारी अधिकृत विष्टले दिए 

शोरुममा iNGCO-POWER-TOOLS, Armature ,Quick connector,High Pressure Washer,Watt Heat Gun,Watt Air Compressor ,Circular Saw, Angle Grinder, Marble Cutter, Cordless impact wrench drill machine, drill bet लगायतका Hardware सामग्री उपल्बध रहेको पनि विष्टले बताए ।

Categorized in बिजनेस