arin enterprises

अमेरीकाको उर्जा विभागमा साइबर हमला

SamacharDesk – बिकाश | २०७७ पौष ३, शुक्रबार

अमेरिकाको ऊर्जा विभागले आफुलाई साइबर हमला भएको बताएको छ । अमेरिकी सरकारको कुनै पनि विभागमा भएको अहिलेसम्मकै ठुलो ह्याकिङ भएको विभागले पुष्टि गरेको छ ।

विभागले अमेरिकाको परमाणु हतियारको रेखदेख गर्ने काम गर्दै आएको छ । हतियारको भण्डारको सुरक्षामाथि भने यस ह्याकिङले कुनै असर नगर्ने पनि विभागले प्रष्ट पारेको छ ।

अमेरीकाले यो ह्याकिङ रुसले गरेको आशंका गरेको छ । तर रुसले भने ह्याकिङ आफुले नगरेको जनाएको छ ।

गत आइतबार पनि अमेरिकाको अर्थ एवम् वाणिज्य विभागमाथि साइबर हमला भएको थियो । लगभग एक महीना अघिबाटै यो साइबर हमला जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

यस ह्याकिङलाई लिएर राष्ट्रपति ट्रम्पले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसैबीच नवनिवार्चित राष्ट्रपति जो बाइडनले भने आफ्नो प्रशासनको पहिलो प्राथमिता साइबर सुरक्षा नै हुने बताएका छन् ।

अमेरिकाको सबैभन्दा ठुलो साइबर एजेन्सी साइबर सेक्युरिटी इन्फ्रास्ट्रक्चर एजेन्सी (सीसा) ले यस साइबर हमलासँग जुध्न निकै गार्हो र चुनौतीपूर्ण हुने बताएको छ ।

एजेन्सीले अहिलेसम्म ह्याकिङबाट कुन सूचना चोरीएको छ भनेर पत्ता लगाउन सकेको छैन ।

ह्याकर्सले टेक्ससको आईटी कम्पनी सोलरविन्डको नेटवर्क म्यानेजमेन्ट सफ्टवेयर प्रयोग गरेर कम्प्यूटर नेटवर्कलाई ब्रीच गरेको सीसाले जनाएको छ ।

Categorized in विज्ञान-प्रविधी