ज्याक माको कम्पनी एन्ट ग्रुपलाई एक अर्ब डलर जरिवाना
SamacharDesk | २०८० आषाढ २४, आइतबार

चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना लागाएको छ ।
चीनको वित्तीय नियमनकारी निकायहरुले विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै कम्पनीलाई उक्त जरिवाना लागाएको हो ।
कम्पनिका प्रमुख लगानीकर्तामध्ये एक ज्याक माले चिनियाँ सरकारले नियमन थालेयता सक्रियता घटाउँदै लगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् २०२० यता चिनियाँ सरकारले आफ्नो देशका प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयासका रुपमा लिइएको छ । लगभग १७ हजार जना प्रत्यक्ष रुपमा कार्यरत यो कम्पनी सन् २०२० यता विभिन्न खालका समस्यामा पर्दै आएको छ ।
नियमन प्रक्रियाकै क्रममा चीन सरकारले सन् २०२० को मध्यतिर सो कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला ३ सय अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट गु्रपको पछिल्लो कुल मूल्य घटेर झन्डै ८० अर्ब डलर हाराहारीमा आएको छ ।
यसअघि पनि चीन सरकारले एन्ट ग्रुपकै एक कम्पनी अलिबाबा होल्डिङ्सलाई झन्डै ३ अर्ब डलरको जरिवाना लगाएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय