arin enterprises

जनमोर्चाले थापालाई संसदिय दलको नेताबाट हटायो

SamacharDesk – बिराज | २०७८ बैशाख २९, बुधबार

राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।

गण्डकी प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहित मिलेर सरकार बनाउने निर्णयविरुद्ध गई कार्य गरेको भन्दै जनमोर्चालाई थापालाई संसदीय दलको नेताबाट हटाएको हो ।

गएको बैसाख १० थापासहित पार्टीको केन्द्रीय समितिको वैठक बसेको थियो । त्यस्तै १२ गते थापाकै अध्यक्षमा पार्टीको वैठक बसी काँग्रेस, माओवादी केन्द्र र जसपासँग मिलेर सरकार बनाउने कार्यलाई समर्थन गर्ने निर्णय भएको थियो ।

तर थापा पार्टीको निर्णयविरुद्ध गई प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि समर्थन जनाउनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

यसै विषयलाई लिएर पार्टीले थापालाई ‘पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईँलाई संसदीय दलको नेताबाट हटाई अन्य आवश्यक कारवाही किन नगर्ने’ भन्दै स्पष्टिकरण सोधेको थियो ।

थापाले अटेर गरी स्पष्टिकरण नबुझाएको भन्दै केन्द्रीय सचिवालयको जुम वैठकले उनलाई संसदीय नेताबाट हटाउने निर्णय गरेको हो ।

पार्टीले आजै प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै यसको जानकारी पनि गराएको छ । 

Categorized in राजनीति