arin enterprises

जापानद्वारा चन्द्रमामा सफलपूर्वक रकेट प्रक्षेपण

SamacharDesk | २०८० भाद्र २२, शुक्रबार

भारतपछि जापानले पहिलो पटक चन्द्रमामा सफलपूर्वक रकेट प्रक्षेपण गरेको छ ।

जापानको स्थानीय समय अनुसार बिहीवार बिहान ८:४२ बजे तानेग्शिमा स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गरिएको हो ।

चन्द्रमामा रकेट प्रक्षेपण गर्ने जापान पाँचौ देश बनेको छ । जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीका अनुसार एच(आईआईए लन्च भेहिकल नं ४७ रकेटमा एक्सरे इमेजिङ एन्ड स्पेक्ट्रोस्कोपी मिसन (एक्सरिजम) स्याटलाइट र स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (SLIM) स्याटलाइट प्रक्षेपण गरिएको थियो ।

रकेट प्रक्षेपण गरेको १४ सेकेन्ड ९ मिनेटमा एक्सरिजम र ४७ मिनेट ३३ सेकेन्डमा स्लिम छुट्टिएको थियो ।

जापानको उक्त यानले ३ देखि चार महिनाभित्र चन्द्रमाको अर्विटमा पुग्ने र आउँदो वर्षको जनवरीमा पृथ्वीमा फर्कने जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय