जसपा र नेकपा (एकिकृत मार्क्सवादी) बीच एकता
SamacharDesk – बिकाश | २०७७ पौष १७, शुक्रबार

जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी) पार्टीबीच एकता भएको छ ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले पार्टी एकता घोषणा गरेका हुन् ।
‘यस एकताले नेपालमा लामो समयदेखि चलि आएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवि जनता र उत्पीडित राष्ट्रियता, महिला र शिल्पी/दलित समुदायको मुक्ति आन्दोलनमा शक्ति प्रदान गर्दै सशक्त पार्नेछ’ पार्टी एकता घोषणा पछि जारी विज्ञप्तीमा लेखिएको छ ।
पार्टी एकता कार्यक्रममा बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा विद्यमान विभेदको अन्त्य गर्नको साथै राज्यमा सबैको समान प्रतिनिधित्वका लागि जसपा संघर्षरत रहेको बताए ।
जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा पटक पटक राजनीतिक परिवर्तन भएपनि हालसम्म पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेको विचार राखे । जनताले अब वैकल्पिक शक्तिको खोजी गरिरहेको दावी गर्दै नेता महतोले जनताले खोजेको विकल्प जसपा नै हुने दावी गरे ।
