जोनसनले बेलायती सांसद पदबाट राजीनामा दिए
SamacharDesk | २०८० जेठ २७, शनिबार
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको हो ।
२०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उहाँ सांसदको जिम्मेवारीमा कार्यरत थिए ।
उनी अहिले संसदीय छानबिनको क्रममा रहेका छन् । संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ ।
अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना रहेको बताइएको छ ।
जोनसनले संसदलाई गुमराह गरेको पाइएमा संसदको विशेषाधिकार समितिलाई १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ ।
जोनसनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ ।
Categorized in अन्तर्राष्ट्रिय