कामना सेवाद्वारा वित्तीय साक्षरता कार्यक्रम
SamacharDesk | २०८० जेठ २८, आइतबार

कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टस्सँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले लिटल मिस एन्जल २०२३ का सहभागी र उनीहरुका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
उक्त कार्यक्रममा ३५ भन्दा बढि सहभागी बाल बालिकाहरु र उनीहरुका अभिभावकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकतालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।
Categorized in बिजनेस