arin enterprises

ईप्सन भक्तपुरमा खड्काकाे नेतृत्त्व

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ पौष २०, शनिबार

एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन भक्तपुर) मा क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयका संस्थापक प्रिन्सिपल जी.बी. खड्का अध्यक्षमा चयन भएका छन् ।

गत शुक्रवार भक्तपुरको रानीकोटमा सम्पन्न ईप्सनको पाँचौ अधिवेशनले क्वालिटी अंग्रेजी माध्यामिक विद्यालयका संस्थापक प्रिन्सिपल खड्कलाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित भएको घोषणा भएसँगै खड्काले संस्थालाई सदस्य बिद्यालयहरुको स्रोत केन्द्रका रुपमा अगाडी बढाउने, शिक्षक सशक्तिकरण कार्यक्रमलाई प्रभावकारी बनाउने र शिक्षक तथा विद्यार्थी विपद् कोष संचालन लगायतका योजना सुनाए ।

११ बिद्यालय सदस्य रहेको शैक्षिक क्लस्टरको अधिवेशनमार्फत सुर्योदय सेकेण्डरी स्कुलका प्रिन्सिपल विजय कर्माचार्य उपाध्यक्ष, पारिजात बिद्याकुञ्जका प्रिन्सिपल विक्रम थापा सचिब र हिमाल एकेडेमीका प्रिन्सिपल प्रदिप थापा कोषाध्यक्ष चुनिएका छन् ।

त्यसैगरी ग्लोवल एकेडेमीका प्रिन्सिपल के. वी. ङाखुसी सहसचिवमा चयन भए ।

सदस्यमा मदरल्याण्ड ईङ्गलिस स्कुलका प्रिन्सिपल संजय खड्का, ईडेन गार्डेन ईङ्गलिस स्कुलका प्रिन्सिपल जय प्रकाश राई, सेन्ट जोन्स ईङ्गलिस स्कुलका प्रिन्सिपल देवदत्त भट्ट चुनिए ।

त्यस्तै बिमल मेमोरियल बिद्यापिठका प्रिन्सिपल कुमार थापा मगर, युनिटी ईङ्गलिस स्कुलका प्रिन्सिपल बिपीन गुमाञ्जु र नगरकोट सनराईजका प्रिन्सिपल सुर्य घिसिङ्ग पनि सदस्यमा चयन भएका छन् ।

एउटै पाठ्यक्रम र पाठ्यपुस्तक मार्फत संयुक्त परीक्षा संचालन, शिक्षक सशक्तिकरण कार्यक्रम, बिद्यार्थीहरुका लागि अतिरिक्त कृयाकलाप कार्यक्रम आदि संचालन गर्न भन्दै वि.स. २०५७ मा ईप्सनको स्थापना भएको हो ।

Categorized in समाज