arin enterprises

महानगरपालिकामा प्लाष्टिकजन्य फोहोर जलाउन निषेध

SamacharDesk | २०८१ मङ्सिर २४, सोमबार

काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहोर जलाउन निषेध गरेको छ ।

महानगरले एक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने कार्यले वायु प्रदूषण वृद्धि हुनुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्लाष्टिकजन्य फोहोर जलाउन निषेध गरेको छ ।

साथै काठमाडौं महानगरपालिकाले कोही कसैबाट यस्ता कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८१ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरको उक्त ऐनमा खुला रुपमा कसैले प्लाष्टिकजन्य फोहोर बालेर वातावरण प्रदूषण गरेमा नगद जरिवाना गर्नेलगायत व्यवस्था रहेका छन् ।

Categorized in स्थानीय