arin enterprises

हनुमानढोका परिसरमा सामूहिक कुमारी पूजा सम्पन्न

SamacharDesk | २०८१ भाद्र ३१, सोमबार

काठमाडौँको वसन्तपुर क्षेत्रमा सोमबार ५०४ कन्या कुमारीहरुको सामूहिक पूजा गरिएको छ ।

तलेजु भवानी मन्दिर अगाडि युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरिएको हो ।

ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए । नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन रहिआएको छ ।

महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।

इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा हो।

Categorized in समाज
SKIP THIS dahain 2081