आइतबारबाट देशभरका मालपोत कार्यालयहरु खुल्ने
SamacharDesk – विकाश | २०७७ जेठ २४, शनिबार

आइतबारबाट देशभरका भूमिसुधार र मालपोत कार्यालयहरु खुल्ने भएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आइतबारबाट सबै कार्यालय खोल्न निर्देशन दिएको हो ।
विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न भनेको छ ।
विभागले कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको हो ।
स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न विभागले भनेको छ ।
लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेको हो ।
Categorized in समाज