arin enterprises

एलजी र हुन्डाई मिलेर इभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १५, सोमबार

कोरियान कम्पनीद्वय एलजी र हुन्डाई मिलेर अमेरिकामा विद्युतीय सवारीका लागि आवश्यक इभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने भएको छ ।

यी दुई कम्पनीले ४ अर्ब ३० करोड डलर लगानीमा उक्त फ्याक्ट्री स्थापना गर्न सम्झौता गरेको हो ।

सम्झौता अनुसार यस फ्याक्ट्रीमा दुवै कम्पनीको ५०/५० प्रतिशत शेयर रहनेछ ।

उक्त फ्याक्ट्रीको निर्माण यही जुलाईदेखि अमेरिकाको जर्जियामा सुरु हुने बताइएको छ ।

त्यसतै फ्याक्ट्रीलाई कम्पनीले सन् २०२५ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ ।

पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै यो फ्याक्ट्रीले प्रतिवर्ष ३० गिगावाट आवरको ब्याट्री उत्पादन गर्ने बताइएको छ, जुन ३ लाख ओटा विद्यु्तीय सवारी उत्पादन गर्नको लागि पर्याप्त हुनेछ ।

Categorized in बिजनेस