महानगरका अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी संचालन गर्न निर्देशन
SamacharDesk | २०८१ जेठ २३, बुधबार
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालित सबै सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ।
महानगरपालिकाको स्वास्थय विभागले बुधबार एक सूचना सार्वजनि गर्दै महानगर क्षेत्रभित्र संचालित सबै अस्पतालहरुमा अनिवार्य रुपले आफ्नै फार्मेसी संचालन गर्न निर्देशन दिएको हो ।
महानगरभित्र संचालित अधिकांश अस्पतालहरुको आफ्नै स्वामित्वको फार्मेसीहरु संचालनमा छैन ।
यसरी आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ता गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको र चर्काे मूलयमा औषधि तथा औषधिजन्य सामग्री विक्री भइरहेको सूचनामा जनाइएको छ ।
यस्तै, नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका-२०७२ मा पनि अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था रहेको बताएको छ।
महानगरले २०७४ सालमा सर्वाेच्च अदालतले अस्पतालहरुलाई आफ्नै स्वामित्वमा अनिवार्य रुपले फार्मेसी सेवा संचालन गर्न आदेश भएको पनि सूचनामा जनाइएको छ ।
Categorized in स्थानीय