arin enterprises

रास्वपा मध्यपुर थिमि नगर समितिमा मानन्धर

SamacharDesk – बिराज | २०८० जेठ २२, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिको अध्यक्षमा न्हुछेरत्न मानन्धर सर्वसम्मत चयन भएका छन् ।

पार्टीको मध्यपुर थिमिमा सम्पन्न भेलाले मानन्धरको नेतृत्वमा १३ सदस्यीय नगर समिति चयन गरेको हो ।

भेलाबाट पार्टीको नगर समितिको उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिवमा मुरारी नेपाल र कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेश राज बज्राचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजापति रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद विराजभक्त श्रेष्ठले स्थानिय सरकार अधिकार सम्पन्न भएको अवस्थामा पालिका र वडा स्तरमा भइरहेका विकास निर्माण तथा योजनालाई निगरानी गर्नुपर्नेमा जोड दिए ।

सरकारले विनियोजन गरेको वजेट सही ढंगले प्रयोग भएको छ वा छैन भन्ने विषयमा समेत निगरानी राख्न उहाँले आग्रह गरे ।

पार्टीको नगर समितिमा नवनिर्वाचित अध्यक्ष मानन्धर लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।

मानन्धर भक्तपुर चेम्बर अफ कमर्सको साथै भक्तपुर जिल्ला मानन्धर युवा संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका संस्थापक अध्यक्ष समेत हुन् ।

साथै सिवा सायमि खलः मध्यपुरका पूर्व अध्यक्ष, भक्तपुर लायन्स क्लब अफ रियलटेकका प्रेसिडेन्ट पनि हुन् ।

Categorized in राजनीति