arin enterprises

मेलम्चीको पानी असोजदेखि

SamacharDesk | २०८१ भाद्र १८, मंगलबार

असोजको पहिलो सातादेखि मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने बताइएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले आज बसेको राष्ट्रियसभाको बैठकमा हाल बन्द रहेको मेलम्ची आयोजनाको पानी असोज पहिलो सातादेखि नै उपत्यकामा वितरण गरिने बताउनु भएको हो ।

मन्त्री यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताउनुभएको छ।

मौसममा सुधार आउने बित्तिकै आयोजनाको सुरुङमा पानी पठाइने र आयोजनाको बाँधस्थलहरु निर्माणको काम भईरहेकोले बाँधलाई सुरक्षित बनाउने काम सकिनेवित्तिक उपत्यकाका धाराहरुमा मेलम्चीको पानी नियमित उपलब्ध हुने उहाँले बताउनुभयो ।

मेलम्चीको काम नसकिएकोले उपत्यकावासीलाई वैकल्पिक उपायबाट खानेपानी उपलब्ध गराइरहेको छ ।

तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या आएको मन्त्री यादवको भनाइ थियो ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082