arin enterprises

माइक्रोसफ्टको नयाँ स्टोर सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २१, आइतबार

विन्डोजका लागि माइक्रोसफ्टले एप्स स्टोरको नयाँ वेब भर्सन सार्वजनिक गरेको छ ।

विन्डोज १० र ११ मा एपहरु खोज्न सजिलो बनाउने गरी कम्पनीले नयाँ वेबसाइट ल्याएको हो ।

नयाँ वेबसाइट चलाउन छिटो र सजिलो हुनुका साथै एप, गेम तथा चलचित्रहरू समेत थपिने माइक्रोसफ्टले बताइएको छ ।

त्यस्तै पुरानो माइक्रोसफ्ट स्टोरमा एपहरू खोज्ने तरिका पनि परिवर्तन गरिएको छ ।

माइक्रोसफ्टले पुरानो रिक्याक्ट कोडबेसबाट हटाउँदै लुसेस, लिट, भाइट, सी३ एसपीनेट ब्याकइन्ड प्रयोग गरेर एपस्टोरको नयाँ संस्करण ल्याएको हो ।

अब माइक्रोसफ्टको इकोसिस्टमभन्दा बाहिरबाट पनि विन्डोज एप पत्ता लगाउन र डाउनलोड गर्न सकिनेछ ।

यस्तै क्रोमबुक, म्याक जस्ता माइक्रोसफ्ट स्टोर एप इन्स्टल नभएका डिभाइसमा समेत विन्डोज एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । 

Categorized in विज्ञान-प्रविधी