arin enterprises

अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको निर्देशन

SamacharDesk – बिराज | २०७८ बैशाख ३०, बिहिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा सय बेड भएका अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न सूचना जारी गरेको छ ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै आजको मितिबाट पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।

सह प्रवक्ता डा. समिर कुमार अधिकारीबाट हस्ताक्षरित पत्रमा मन्त्रालयको बैसाख २९ गतेको निर्णय अनुसार उक्त सूचना जारी गरिएको बताइएको छ ।

महामारीको समयमा अक्सिजन जस्तो अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन यस्तो निर्णय गरिएको पत्रमा लेखिएको छ ।

सो अक्सिजन प्रणालीको भन्सार छुट हुने पनि पत्रमा स्मरण गराइएको छ । 

Categorized in राष्ट्रिय