arin enterprises

मोटोरोलाको घडि जस्तै लगाउन मिल्ने मोबाइल सार्वजनीक

SamacharDesk | २०८० फाल्गुण १५, मंगलबार

मोटोरोलाले घडी जस्तै नाडीमा बेर्न मिल्ने मोबाइल सार्वजनिक गरेको छ । सोमबारदेखि स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा मोटोरोलाले घडी जस्तै हातमा लगाउन मिल्ने फोन सार्वजनिक गरेको हो ।

कम्पनीले गत अक्टोबरमा नाडीमा लगाउन मिल्ने फोनबारे पहिलो पटक जानकारी बाहिर ल्याएको थियो । यो फोन हालै मात्र वास्तविक रूपमा देखिएको हो । यो फोन ‘एडप्टिभ डिस्प्ले’ प्रविधिमा आधारित छ ।

फोनलाई नाडीमा बेर्नुको लागि कम्पनीले फोनको ‘बडी’ नरम बनाइएको छ । फोनमा प्लास्टिकमा आधारित पीओलेड ६.९ इन्चको फुल एचडी डिस्प्ले राखिएको छ ।

कम्पनीको अनुसार फोनलाई नाडीमा अड्याउन भने चुम्बकीय गुण भएको छुट्टै ब्रासलेट लगाएपछि मात्र फोन ‘यू’ आकारमा बांगेर घडी जस्तै हातमा अडिने गर्छ ।

अरु समयमा भने सामान्य स्मार्टफोन जस्तै देखिएपनि फोन हातमा बेरिएको बेला केही तन्किएको जस्तो देखिने कम्पनी जनाएको छ ।

त्यस्तै  फोनलाई बंग्याएर दुई ओटा स्क्रिन बनाई दुई तिरै बसेर काम समेत गर्न सकिने बताइएको छ ।

कम्पनीले अझै पनि यस फोन तथा प्रविधिबारे विस्तृत जानकारी भने दिएको छैन ।

 

Categorized in विज्ञान-प्रविधी