arin enterprises

चार सवारी साधन एक आपसमा जुध्दा १ को मृत्यु २२ घाइते

SamacharDesk | २०८१ जेठ १४, सोमबार

मुग्लिन–नारायणगढ सडकखण्डमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किंदा उक्त घटना घटेको हो ।

गएराति १२ बजे भएको उक्त दुर्घटनापछी अवरुद्ध भएको सडक बिहानदेखि सुचालु भएको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन । कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा उपचार भईरहेको छ ।

Categorized in समाज