arin enterprises

एनसेलले ल्यायो दशैंको लागि रिचार्जमा बोनस

SamacharDesk | २०८० कार्तिक २, बिहिबार

चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागी आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ ।

अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् ।

बडा दशैं २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागी यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु २०० वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् ।

यो योजना कार्तिक १ गतेदेखि लागू भई कार्तिक १५ सम्म सञ्चालनमा रहने छ । रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबी देखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् ।

रु २०० देखि रु ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबीअल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् ।

त्यस्तै रु ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुपप्राप्त गर्नेछन् ।

बोनस स्वरुपप्राप्त डेटा भोलुम २ दिनको दिनको लागिमान्य रहने छ । यो योजनाअन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागिमान्यहुनेछैन ।

अन्यकुनै पनिफिजिकलवा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्तहुनेछ ।

Categorized in विजनेस