arin enterprises

विदेश सचिव मिस्रीबाट नेपालभाषा परिषद् भवन उद्घाटन

SamacharDesk | २०८१ श्रावण २८, सोमबार

दुई दिने नेपाल औपचारिक भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीले हिजो नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन गर्नुभएको छ ।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत उक्त परिषद् भवन निर्माण गरिएको हो ।

आइतबार विदेश सचिव मिस्री तथा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले संयुक्त रुपमा सो भवनको उद्घाटन गरेका हुन् ।

नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ।

भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ ।

सचिव मिस्रीले आज पशुपनाथको दर्शन गर्नुभएको छ । विदेश सचिव मिस्री सोमबार काठमाडौँबाट प्रस्थान गर्नेछन्

Categorized in समाज