नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै
SamacharDesk – बिराज | २०८० पौष ३, मंगलबार

औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी “नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी” काठमाडौंमा हुने भएको छ । आउँदो पुस ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी हुन लागेको हो ।
जुन मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयोजकत्वमा प्रदर्शनी हुन लागेको हो ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी लगायतका विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापारका अवसरहरू बढाउन यो प्रदर्शनीले भूमिका निर्वाह गर्ने दावी आयोजकको छ ।
‘नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ’ आयोजकबाट जारी भएको प्रेश विज्ञप्तीमा लेखिएको छ ।
प्रदर्शनीले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जाने विश्वास आयोजकले लिएको छ ।
प्रदर्शनीमा अवलोकनकर्ताहरुको लागि प्रवेश निःशुल्क गरिएको छ ।
Categorized in बिजनेस