arin enterprises

नेपालले उच्च दरमा भारतलाई विजुली बेच्यो

SamacharDesk | २०८० भाद्र १८, सोमबार

नेपालबाट निर्यात भएको बिजुलीले भारतमा उच्च मूल्य पाएका छन् ।

नेपालले भारतको बजारमा प्रतियुनिट भारु १० रुपैँया सम्ममा बिक्री भएको विद्युत प्राधिकरणले जनाएको छ  ।

नेपालको जलविद्युतबाट उत्पादित विजुली भारतीय बजारमा अहिले ४५२ मेगावाट बिक्रीको स्वीकृति पाएको छ ।

भारतमा गर्मी बढेका कारण विद्युत् माग उच्च हुँदा औसत प्रतियुनिट भारु १० सम्म बिक्री गरेको नेपाल विद्युत्त प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो ।

०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई जलविद्युत् आयोजना निर्यातको स्वीकृति पाएको छ ।

यससँगै प्राधिकरणले हाल १० आयोजनाको गरी कुल ४५२ मेगावाट बिजुली भारतमा बिक्रीका लागि अनुमति पाएको छ ।

थप आयोजनाका बिजुली बेच्न प्राधिकरणले अनुमति मागे पनि भारतले दिएको छैन ।

Categorized in विजनेस