एफटीटीएच इन्टरनेटमा नेपाल टेलिकम छैटौं स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २६, मंगलबार

नेपाल सरकारको स्वामित्व रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकम एफटीटीएच इन्टरनेट विस्तारमा छैटौं स्थानमा रहेको छ । नेपाल टेलिकम डिशहोम फाइबरनेटसँग पनि पछि परेको हो ।
वि.सं २०७७ साल साउन देखि मात्रै इन्टरनेट सेवामा प्रवेश गरेको कम्पनीले नेपाल टेलिकमलाई वि.सं २०७९ साल माघमै पछाडि पारे ।
नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै गत माघ महिना सम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार डिशहोम फाइबरनेट जोड्ने ग्राहकहरुको संख्या दुई लाख १८ हजार ७ सय ३३ रहेको छ । तर नेपाल टेलिकमको एफटीटीएच कनेक्सन संख्या भने जम्मा दुई लाख १७ हजार ४७९ मात्र रहेको छ ।
७ लाख ४४ हजार ३ सय १६ एफटीटीएच कनेक्सन संख्या सहित वर्ल्डलिंक कम्युनिकेसन्स शीर्ष स्थानमा रहेको छ ।
यस्तै २ लाख ६५ हजार ६ सय ६ जना एफटीटीएच कनेक्सन संख्या सहित क्लासिकटेक दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको भायानेटको २लाख ६० अजार ६ सय ७३ ग्राहक छ भने २लाख ४५ हजार २ सय ७३ ग्राहक सहित सुबिसु चौथौ स्थानमा छ ।
यस्तै वेबसर्फरको १लाख ३२ हजार ७ सय ६९, टेकमाइन्ड्सको १ लाख १३ हजार ८ सय ८५, ब्रोडलिंकको ५३ हजार ७ सय ४२ र सीजीको ४५ हजार ६ सय ९१ जना ग्राहक रहेको छ ।
Categorized in विज्ञान-प्रविधी