arin enterprises

नक्शाको सम्वन्धमा भारतको सरकारको ध्यानाकर्षण गराउन नेसपाको माग

SamacharDesk – बिराज | २०८० जेठ २९, सोमबार

नेपाल समाजवादी पार्टी भारतीय संसद भवनमा अखण्ड भारतको नक्शा राखिएको सन्दर्भमा नेपाल सरकारले भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेको छ ।

पार्टीको गत जेठ २५ र २६ गते वैठकबाट अखण्ड भारतको नक्शाको सम्वन्धमा भारत सरकारको ध्यानाकर्षण गराओस् भन्दै कुटनीतिक पहलबाट समस्याको हल खोज्न नेपाल सरकारसँग माग गरेको हो ।

उक्त वैठकले विभिन्न ११ वटा प्रस्तावित विषय उपर छलफल गरी निर्णयहरु गरिएको थियो । पार्टी अध्यक्ष बाबुराम भट्टराईको हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तीमार्फत उक्त निर्णयहरु सार्वजनिक गरिएको हो ।

सोही वैठकले भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई अनागरिक बनाई अमेरिका पठाउने विषयका अतिरिक्त संसदीय समितिबाट कारवाहीका लागि सिफारीश भएका भ्रष्टाचार सम्वन्धि ठुला काण्डबारे कारवाही प्रकृया अघि बढाउन पनि माग गरिएको छ ।

भ्रष्टाचार विरोधी अभियानमा पार्टी दृढ भएर उभिने प्रतिवद्धता सोही विज्ञप्तीमार्फत जनाइएको छ ।

साथै संविधानको प्रावधान र मर्म बमोजिम सबै नेपाली जनताले सहजरुपमा नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था  गर्न नेपाल सरकारलाई माग गरिएको छ ।

वैठकले प्रदेशको एकको नामकरणको सम्वन्धमा पहिचान पक्षधरको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै पहिचानका आधारमा प्रदेशको नाम राख्न पनि माग गरेको छ। 

यसको साथमा आर्थिक मन्दी, नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०८०/०८१ को बजेट लगायत विभिन्न माग नेपाल सरकारसमक्ष राख्ने निर्णय गरेको छ ।

Categorized in राजनीति