arin enterprises

जापानमा गर्मीबाट बच्न नयाँ कार्ययोजना

SamacharDesk | २०८० जेठ १७, बुधबार

जापानमा गर्मीबाट बच्न जापानीज सरकारले नयाँ कार्ययोजना ल्याएको छ । जापानमा अत्यधिक गर्मी बढेपछी गर्मीको सामना गर्न जापानीज सरकारले नयाँ कार्ययोजना ल्याएको हो ।

कार्ययोजना अन्तरगत सरकारले अत्यधिक गर्मीको समयमा घरभित्रै बस्न पनि आह्वान गरिएको हो । गर्मीबाट प्रभावित वर्गसँग वातावरण अनुकुल घरहरु नभएको पाइएको छ ।

विशेषगरी वृद्धवृद्धाहरूलाई आवश्यक एयर कन्डिसनर प्रयोग गर्न र पर्याप्त पानी पिउन आह्वान गरेको छ । यस्तै विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न तथा बालबालिकालाई विद्यालय जाँदा सवारी साधनमा आवश्यक मापदण्ड पुरा गर्न पनि आवाहान गरेको छ ।

पाँच वर्षको तथ्यांकमा अनुसार गर्मीका कारण वार्षिक एक हजार २ सय ९५ जनाको ज्यान जाने गरेको उल्लेख गरिएको छ

Categorized in अन्तर्राष्ट्रिय