न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजिनामा दिने
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ५, बिहिबार

न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले पदबाट राजिनामा दिने बताएकी छिन् । आर्डेनले अर्को महिना प्रधानमन्त्री पदबाट स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेको बीबीसीले जनाएको हो ।
६ वर्ष चुनौतीपूर्ण पदमा बसेकी ४२ बर्षिय आर्डेनले अबको चार वर्षसम्म योगदान गर्न केही बाँकी नरहेको बताइन् ।
साथै प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै अब आफू अर्को चुनाव पनि नलड्ने घोषणा गरिन् ।
आर्डेनले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् । आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुँदैछ ।
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी जासिन्दा आर्डेनले विश्वको कान्छी महिला प्रधानमन्त्रीको उपाधी पाएको थियो ।
उनले आफ्नो कार्यकालमा कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौतीको सामना गरिन् ।
न्युजिल्याण्डमा आगामी अक्टोबर १४ मा आम निर्वाचन हुँदैछ ।
Categorized in अन्तर्राष्ट्रिय