इन्धनको भाउ बढ्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण ३२, आइतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।
निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार डिजेल र मेट्टितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ कायम हुनेछ ।
निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै छ ।
Categorized in बिजनेस