arin enterprises

भन्सार छलेर ल्याउँदै गरेको विभिन्न सामान बरामद

SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

कैलालीमा भारतबाट अवैद्द रुपमा भन्सार छली ल्याउँदै गरेको लाखौंको मालसामान प्रहरीले बरामद गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका २ बाट बेवारिसे अवस्थामा रहेको से.१ च २८९ नम्बरको जिपमा करिब २ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको २ सय प्याकेट सुपर पावर सुर्ती शनिबार बिहान प्रहरीले बरामद गरेको हो । 

यसैगरी धनगढी उपमहानगरपालिका २ कृष्णनगर टोलस्थित सडक छेउबाट करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ५ कट्टा जिरा, ७ सय प्याकेट सुपरपावर सुर्ती शनिबार बिहान प्रहरीले बरामद गरेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याउँदै गरेको उक्त सामान फेला पारी बरामद गरेको हो । 

जीप सहित बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।

Categorized in अपराध