arin enterprises

एकै दिनमा २८ जना फरार प्रतिवादी पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

जिल्ला अदालत कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रहेका २८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकीएका स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका २७ बस्ने २१ वर्षीय अनिल थापा मगरलाई पक्राउ गरेको छ ।

त्यस्तै पोखरा महानगरपालिका १० बस्ने बैंङकिङ् कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका ५३ वर्षीय धिरज गुरुङ पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा केही सार्वजनिक अपराध मुद्दामा ३ सय ५० रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा बस्ने २६ जना प्रतिवादीहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत कास्कीमा पेश गरेको उक्त कार्यालयले जनाएको छ । 

Categorized in अपराध