arin enterprises

बलात्कार आरोपमा दुई जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

झापामा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशीका एक पुरुष पक्राउ परेका छन् ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका ५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको भनिएको छ ।

घटनाको खबर पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

त्यस्तै पोखरामा एक २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका १० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरि बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

महिलालाई डर, धाक,धम्की देखाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । 

Categorized in अपराध