थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३०६
SamacharDesk – बिकाश | २०७७ भाद्र २३, मंगलबार

पछिल्लो २४ घन्टामा थप ६ जनाको कोरोना भाइरस (कोभिड १९) कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक थप एक जना महिला र ५ जना पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
काठमाडौंमा ८० वर्षीया महिला एक जनाको साथमा ८५ वर्षका पुरुष एक जना गरी दुई जनाको मृत्यु भएको छ भने पर्सामा ५४ वर्षीय र ६० वर्षीय पुरुष एक÷एक जनाको मृत्यु भएको छ ।
त्यस्तै सुनसरीका ७० वर्षीय पुरुष र कपिलवस्तुका ६६ वर्षका पुरुषको पनि कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।
Categorized in समाज