arin enterprises

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ आश्विन २०, मंगलबार

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।

पछिल्लो पटक कोरोनाका कारण ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

काठमाडौंमा ५९ र ६० वर्षीया महिला २ जनाको मृत्यु भएको छ भने ललितपुरमा ६७ वर्षीया महिलाको साथमा ६१ र ७७ वर्षीय पुरुषहरु २ जना गरी ३ जनाको मृत्यु भएको छ । 

नवलपरासी (पुर्व) मा ७७ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै तेहथुमका ३१ वर्षीय पुरुष, सुनसरी ६४ वर्षीय पुरुष र चितवनका ७० वर्षीय पुरुषको पनि मृत्यु कोभिड १९ कै कारण भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।

Categorized in समाज