थप १० जनाको कोरोनाका कारण मृत्यु
SamacharDesk – बिकाश | २०७७ आश्विन २३, शुक्रबार

नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा एक महिलासहित १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो ५ वटा जिल्लामा १० जनाको मृत्यु भएकोमा सबैभन्दा बढि सुनसरीमा ३ जनाको मृत्यु भएको छ । सुनसरीमा ४६, ५२ र ६८ वर्षका ३ जना पुरुषहरुको मृत्यु भएको हो ।
त्यस्तै काठमाडौं उपत्यकामा ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ८७ वर्षीया महिला एक जना र ७१ वर्षीय पुरुषको मृत्यु भएको छ भने ललितपुरमा ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
झापामा २९ र ५२ वर्षीय पुरुषहरु दुई जनाको साथमा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषहरु दुई जनाको पनि कोरोेना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
Categorized in समाज