रगतको सहज उपलब्धतामा योगदान पुर्याएको भन्दै ब्लोदान सम्मानित
SamacharDesk – बिकाश | २०७७ कार्तिक ६, बिहिबार

कोरोना महामारीका बीचमा पनि विरामीहरुलाई सहजरुपमा रगत उपलब्ध गराउने कार्यमा योगदान दिएको भन्दै ब्लड दोनर्स एशोसिएनस नेपाल (ब्लोदान)लाई सम्मान गरिएको छ ।
महामारीको अवस्थामा रगतको अभाव हुन नदिन र विरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउन भूमिका खेलेको भन्दै वर्ल्ड रेकर्ड पब्लिसिङ कम्पनी बेलायतले ब्लोदानलाई सम्मान गरेको हो ।
कार्यक्रममा कम्पनीको तर्फबाट कम्पनिको नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्राजपतिलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
सम्मान ग्रहण पछि अध्यक्ष प्रजापतिले ब्लोदानलाई सम्मान गरिएकोमा खुसी ब्यक्त गर्दै कम्पनिलाइ धन्यबाद ब्यक्त गर्नुभयो ।
सो अवसरमा प्रजापतिले रगत ब्यबस्थापनमा सहजता ल्याउन ब्लोदानका केन्द्रिय कोषाध्यक्ष मचाकाजी महर्जनको संयोजकत्वमा समिति गठन गरि निरन्तर रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको जानकारी गराउनुभयो ।
त्यस्तै कम्पनीको नेपाल च्याप्टर अध्यक्ष कटुवालले पर्दा पछाडि बसेर विभिन्न क्षेत्रमा योगदान दिने संघसंस्थाको सम्मान गर्ने क्रममा ब्लोदानलाइ पनि सम्मान गरिएको बताउनुभयो ।
‘ब्लोदानले संक्रमणको जोखिमको अवस्थामा पनि जोखिम मोलेरै रगतको सहज उपलब्धता लागि निरन्तर रुपमा रक्तदान कार्यक्रम गर्दै आएको हामीले देखेका छौं,’ कटुवालले भने ‘बिरामिहरुको लागि आवश्यक रगत ब्यबस्थापनमा पुर्याएको योगदानको सम्मान हो यो ।’
Categorized in समाज