प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा भक्तपुरको च्यामासिंहबाट दुई जनालाई पक्राउ गरिएको छ । भक्तपुरको च्यामासिंह सूर्यमढीमा ड्यूटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा हिजो राति २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र १९ वर्षीय रितिक प्रजापती रहेका छन् ।
ती दुई जनाले ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहारको साथमा हातपात समेत गरेको बताइएको छ ।
सुर्यमढिमै बस्ने गिता कोजुको मोबाईल हराएको भन्ने खबरपछि मोबाइलको खोजीमा खटिएको प्रहरीले सोही ठाउँमा पाटीमा मोबाइल फेला पारी गीतालाई बुझाइदिएका थिए ।
मोबाइल गीतालाई बुझाउने वित्तिकै विजय र रितिकले प्रहरीलाई एक्कासी हातपात एवं दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
Categorized in अपराध