सप्तरीमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

सप्तरीमा मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सप्तरीको सुरुङगा नगरपालिका–४ कन्कपुरस्थित सडकमा प्रदेश २–०१–००१ प ५२६४ नम्बरको मोटरसाइकल स.१ त ३०८६ नम्बरको ट्याक्टरमा ठोक्किन गएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका–३ बस्ने २५ वर्षीय सागर चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि राउ अस्पताल लहान लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारका लागि धरान घोपा रिफर गरिएको छ ।
दुर्घटनाछि ट्र्याक्टर चालक फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज