९ सय रुपैयाँले घट्यो सुनको मूल्य
SamacharDesk – विजनेस ब्यूरो | २०७७ पौष ८, बुधबार

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाली बजारमा आज छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार हुँदैछ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ रहेको थियो ।
२२ क्यारेटकाे सुनको मूल्यमा पनि ८ सय २५ रुपैयाँले गिरावट आएका छ । आज ८६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको २२ क्यारेट सुनको मूल्य हिजो ८७ हजार ३ सय ५ रहेको थियो ।
त्यस्तै चाँदी मूल्यको मूल्य पनि ५० रुपैयाँले घटेको छ । मंगलबार एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।
Categorized in बिजनेस